भदौ ३० एजेन्सी । युरोपको सबैभन्दा ठुलो क्लब फुटबल प्रतियोगिता (युइएफए) च्याम्पियन्स लिग नयाँ सिजनको पहिलो खेलमा लण्डन क्लब चेल्सीले विजयी सुरुवात गरेको छ । मंगलबार राति भएको खेलमा साविक विजेता चेल्सीले जेनिथ सेन्ट पिटरवर्गसलाई एक शून्यले हराएको हो ।
समूह एच अन्तर्गत भएको खेलमा घरेलु टोलीको जितमा खेलको ६९ औं मिनेटमा रोमेलु लुकाकुले गरेको गोल नै पर्याप्त भयो । चेल्सीले पहिलो खेलमा तीन अंक जोडेको छ ।

