बिहीबार , कार्तिक २० गते २०८३
images
images

सिरानचोक गाउँपालिकालाई पूर्ण खोप पालिका घोषणा

एक्सप्रेस पाना
आषाढ १, २०८० शुक्रबार
  • 212
    SHARES
  • सिरानचोक गाउँपालिकालाई पूर्ण खोप पालिका घोषणा

    सिरानचोक गाउँपालिकालाई पूर्ण खोप पालिका तथा दिगोपन सुनिश्चितता पालिका घोषणा गरिएको छ । गाँउपालिका स्वास्थ्य शाखाको आयोजनामा पालिकालाई पूर्ण खोपयुक्त पालिका घोषणा गरिएको हो ।

    images

    पालिका भित्रका सवै वडाहरुले खोपको मापदण्ड पूरा गरेपछि पालिकाले एक कार्यक्रमका बिच गाउँपालिकालाई पूर्ण खोप तथा दिगोपना सुनिश्चितता घोषणा गरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख टुकमान श्रेष्ठले जानकारी दिए ।

    गत फागुन र चैत्र महिनामा घरधुरी सर्वेक्षण गरी लक्षित समूहका बालबालिकालाई पालिकाले खोप लगाएको थियो । उनका अनुसार जन्मदेखि १५ महिना सम्मका ३ सय ३० जना बालबालिका र १६ देखि ५९ महिनाका ७ सय ९७ जना बालबालिकाले पुर्णखोप प्राप्त गरेसँगै पुर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएकोे उनले बताए ।

    images

    पालिका अध्यक्ष ज्ञानेन्द्र गुरुङको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख मोहन थापा मगरको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा पालिका उपाध्यक्ष रिता देवकोटा, स्वास्थ्य कार्यालय गोरखाका नरजङ ठकुरी, पालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश कुमार यादव, पालिका र वडाका जनप्रतिनिधी,स्थानीय लगायतको सहभागिता रहेको थियो ।