शुक्रबार, भाद्र २६ गते २०८३
images

महिला फुटबल टोली उज्वेकिस्तान पुग्यो , क्वारेन्टिनमै विश्राम

एक्सप्रेस पाना
भाद्र ३०, २०७८ बुधबार
  • 427
    SHARES
  • महिला फुटबल टोली उज्वेकिस्तान पुग्यो , क्वारेन्टिनमै विश्राम

    भदौ ३० काठमाडौं । एएफसी महिला एसिया कप २०२२ छनौट खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोली उज्बेकिस्तानको तास्केन्त पुगेको छ । गत सोमबार राति ११ बजे काठमाडौंबाट उज्वेकिस्तान प्रस्थान गरेको ३३ सदस्यीय टोली १४ सेप्टेम्बर मध्यरातमा तास्केन्त पुगेको हो । 

    images

    तास्केन्त पुगेलगत्तै टोलीको पीसीआर परीक्षण गर्न स्वाबको नमूना सकंलन गरिएको छ । पीसीआरको रिपोर्ट नआएसम्म टोली होटल क्वारेन्टिनमा रहने छ । 

    खेलाडीहरुले लामो यात्रा तय गरेर आएका छन् । त्यसैले विश्राम जरुरी छ । मुख्य प्रशिक्षक ग्यारी फिलिप्स भन्छन् । फिलिप्सले क्वारेन्टिन अवधिमा टोलीले पूर्णतया विश्राम लिने बताए । 

    images

    समूह एफ मा रहेको नेपालले २ असोजमा फिलिपिन्स तथा ५ असोजमा हङकङको सामना गर्नेछ । 

    उज्वेकिस्तान जानु अघि नेपाली महिला फुटबल टोलीले बंगलादेशसँग २ अन्तर्राट्रिय मैत्रिपूण खेल खेलेको थियो । जसमा पहिलो खेलमा नेपाल २-१  गोलले विजयी हुँदा दोस्रो खेलमा भने गोलरहित बराबरीमा रोकिएको थियो ।