बिहीबार , कार्तिक २० गते २०८३
images
images

पोखरामा पनि भारतीय फिल्म प्रदर्शनमा रोक

एक्सप्रेस पाना
आषाढ ४, २०८० सोमबार
  • 228
    SHARES
  • पोखरामा पनि भारतीय फिल्म प्रदर्शनमा रोक

    पोखरा । पोखरा महानगरपालिकाले पनि भारतीय फिल्म प्रदर्शनमा रोक लगाएको छ ।

    images

    आइतबार महानगरपालिकाले सिनेमा हलहरूलाई पत्र लेख्दै 'आदिपुरुष' को संवाद नसच्चिएसम्म भारतीय फिल्म प्रदर्शन नगर्न निर्देशन दिएको हो । 

    महानगरले 'आदिपुरुष' मा समावेश 'जानकी भारतकी छोरी हुन्' भन्ने शब्दावली नसच्चिएसम्म पोखरा महानगरपालिका क्षेत्रभित्रका चलचित्र घरमा अन्य कुनै पनि भारतीय फिल्म प्रसारण गर्न रोक लगाइएको उल्लेख छ ।

    images


    यसअघि आइतबार नै काठमाडौं महानगरले पनि सोमबारदेखि आफ्नो क्षेत्रभित्र पर्ने हलहरूमा कुनै भारतीय फिल्म चल्न नदिने घोषणा गरेको छ ।