बिहीबार , कार्तिक २० गते २०८३
images
images

बझाङ जीप दुर्घटना : मन्त्रीसहित पाँचजना घाइते

एक्सप्रेस पाना
आषाढ ५, २०८० मंगलबार
  • 251
    SHARES
  • बझाङ जीप दुर्घटना : मन्त्रीसहित पाँचजना घाइते
    बझाङमा आज जीप दुर्घटना हुँदा सुदूरपश्चिम प्रदेशका एक मन्त्रीसहित पाँच जना घाइते भएका छन् ।
     
    दुर्घटनामा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह घाइते हुनुभएको छ । 
     
     प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीका अनुसार डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुरतर्फ आउँदै गरेको मन्त्री सिंह सवार ००१ झ ४८० नम्बरको जीप केदारस्यूँ गाउँपालिकाको बागथलामा दुर्घटनामा परेको हो ।
     
    दुर्घटनामा मन्त्री सिंहकी श्रीमती अमृता सिंह, चालक धर्मराज जोशी, प्रहरी सहायक हवल्दार दीपक भण्डारी र जयदेवी सिंह घाइते भएका छन् । मन्त्री सिंहसहित घाइते सबैको स्थानीय रायल स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
     
    थप उपचारका लागि हेलिकोप्टर मगाइएको प्रहरीले जनाएको छ । जीप सडकबाट झण्डै एक सय मिटर तल खोलामा खसेको थियो । 

     

    images