बिहीबार , कार्तिक २० गते २०८३
images
images

संसद बैठकमा पत्रिका नपढ्न सभामुख घिमिरेको रुलिङ

एक्सप्रेस पाना
आषाढ १०, २०८० आइतबार
  • 223
    SHARES
  • संसद बैठकमा पत्रिका नपढ्न सभामुख घिमिरेको रुलिङ

    काठमाडौं । सभामुख देवराज घिमिरेले संसद बैठकमा पत्रिका नपढ्न रुलिङ गरेका छन् ।

    images

    आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले पत्रिका पढ्न थालेपछि सभामुख घिमिरेले उक्त रुलिङ गरेका हुन् । 

    आइतबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकका मन्त्रालयगत शीर्षकमाथि उठेका प्रश्नको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिइरहँदा सांसदले पत्रिका पढेको देखेपछि सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली २०७९ को नियम २० को खण्ड ‘ञ’प्रति ध्यानाकर्षण गराउँद पत्रिका नपढ्न रुलिङ गरेका हुन् ।

    images