एजेन्सी । युरोपको सर्वाधिक ठुलो क्लब फुटबल प्रतियोगिता (युइएफए) च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा स्टार खेलाडीले भरिएको फ्रेन्च क्लब पेरिस सेन्टर जर्मन (पिएसजी) बराबरीमा रोकिएको छ ।
बुधबार राति भएको खेलमा पाहुना टोली पिएसजी घरेलु टोली क्लब ब्रगसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
खेलमा सुवाती अग्रता भने पिएसजीले बनाएको थियो । उसका लागि खेलको १६औं मिनेटमा आन्द्रे हेरेराको गोलबाट लिएको थियो । केलियन एम्बाप्पेको पासलाई सदुपयोग गर्दै हेरेराले पीएसजीलाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको २८औं मिनेटमा घरेलु टोली क्लब ब्रुगका लागि हन्स भानाकेनले बराबरी गोल फर्काए ।
च्याम्पियन्स लिगको उपाधि जित्ने लक्ष्य सहित लियोनल मेस्सीलाई यसै सिजन आबद्ध गरेको पीएसजीले पहिलो खेलमै बराबरीमा रोकिएको छ ।
उक्त बराबरीसँगै दुवै टोलीले बराबरी खेल्दै समूहमा समान एक अंक जोडेका छन् ।


