शुक्रबार, भाद्र २६ गते २०८३
images

च्याम्पियन्स लिग - मिलानको मैदानमा रियल विजयी

एक्सप्रेस पाना
भाद्र ३१, २०७८ बिहीबार
  • 688
    SHARES
  • च्याम्पियन्स लिग - मिलानको मैदानमा रियल विजयी

    भदौ ३१ एजेन्सी । युरोपको सर्वाधिक ठुलो क्लब फुटबल प्रतियोगिता (युइएफए) च्याम्पियन्स लिगमा स्पेनिस क्लब रियल मड्रिडले सुखद सुरुवात गरेको छ ।

    images

    बुधबार राति नयाँ सिजनको लिगमा पहिलो खेल खेलेको रियलले इटालियन क्लब इन्टर मिलानलाई १-० गोलले हराउँदै सुखद सुरुवात गरेको हो । 

    इटालियन सिरी ए च्याम्पियन क्बल इन्टरको मैदानमा सान सिरोमा भएको समूह चरणको पहिलो खेलमा रियललाई जिताउन रोड्रिगोले निर्णायक गोल गरे । उनले निर्धातिर समयको खेल सकिन एक मिनेट बाँकी छँदा गोल गर्दै रियललाई जिताए । 

    images

    उक्त जितसँगै समूह ‘डी’को दोस्रो स्थानमा रहेको रियलले ३ अंक जोडेको छ । इन्टरले भने हारबाट प्रतियोगिताको थालनी गरेको छ ।