शुक्रबार, भाद्र २६ गते २०८३
images

च्याम्पियन्स लिग : सिटीको रोमाञ्चक जित

एक्सप्रेस पाना
भाद्र ३१, २०७८ बिहीबार
  • 448
    SHARES
  • च्याम्पियन्स लिग : सिटीको रोमाञ्चक जित

    एजेन्सी । युरोपको सबैभन्दा ठुलो क्लब फुटबल प्रतियोगिता (यूइएफए) च्याम्पियन्स लिग अन्तर्ग समूह एको खेलमा इंग्लिस क्लब म्यानचेष्टर सिटीले जर्मन बुण्डेसलिगा क्लब आरबी लाइपजिगविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । 

    images

    इतिहाद मैदानमा गोल बर्षा हुँदा सिटीले विजयी सुरुवात गर्यो । जर्मन क्लब लाइपजिग १० खेलाडीमा सिमित रहँदा यस खेलमा ९ गोल भएका थिए । सिटीको विजयी सुरुवातमा नाथन एके, रियाद महरेज, ज्याक ग्रयलिस, जोआओ कनसेलो र गाब्रियल जेसुसले १र१ गोल गरे भने लापजिगका नर्दी मुकियलेले १ आत्माघाति गोल गरे । 

    त्यस्तै, भ्रमणकारी टोली लाइपजिगका क्रिष्टोफर नकुन्कुले ४२, ५१, ६३औं मिनेटमा ह्याट्रिक पूरा गरे पनि टोलीको हार टार्न सकेनन् । यसअघि लाइपजिगका एन्जेलिनोले ७९औं मिनेटमा दोहोरो पहेँलो कार्ड पाउँदै मैदान छाड्न बाध्य भएका थिए । 

    images

    उक्त जितसँगै समूह एमा ३ अंकसहित सिटी शीर्ष स्थानमा छ । उता बराबर खेलेका क्लब ब्रग र पिएसजीको सामान १ अंक रहँदा क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । पराजित आरबी लाइपजिग भने पुछारमा रहेको छ ।