शुक्रबार, भाद्र २६ गते २०८३
images

एसी मिलानमाथि लिभरपुलको रोमाञ्चक जित

एक्सप्रेस पाना
भाद्र ३१, २०७८ बिहीबार
  • 403
    SHARES
  • एसी मिलानमाथि लिभरपुलको रोमाञ्चक जित

    भदौ ३१ एजेन्सी । युरोपको सबैभन्दा ठुलो क्लब फुटबल प्रतियोगिता (युइएफए) च्याम्पियन्स लिग अन्तर्गत नयाँ सिजन २०२१/२२ को आफ्नो पहिलो खेलमा इंग्लिस प्रिमियर लिग क्लब लिभरपुल विजयी भएको छ । बुधवार राति भएको समूह बी अन्तर्गतको खेलमा लिभरपुलले इटालियन सिरी ए फुटबल क्बल एसी मिलानमाथि ३-२ गोलको रोमाञ्चक जित निकालेको हो ।

    images

    लिभरपुर घरेलु मैदान एनफिल्डमा भएको खेलमा घरेलु टोलीलाई जिताउन मोहम्मद सलाह, जोर्डन हेन्डरसन १/१ गोल गर्दा मिलानका फिकायो तोमोरीले आत्माघाती गोल गरेका थिए । 

    भ्रमणकारी टोली एसि मिलानको लागि एन्टे रोबिक र ब्राहिम डियाजले १/१ गोल गरे । पहिलो हाफमा ११ गोलको बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा घरेलु टोलीले २ गोल गर्दा १ गोल खाएको थियो । त्यस्तै पहिलो हाफको खेलको १४औं मिनेटमा लिभपुरका सलाहको पेनाल्टी प्रहार मिलान गोलकिपर माइक माइग्नानले बचाउ गरेका थिए । 

    images

    उक्त जितसँगै लिभरपुलले पहिलो खेल बाट ३ अंक जोडेको छ । लिभरपुल शीर्ष स्थानमा छ ।