बिहीबार , कार्तिक २० गते २०८३
images
images

ओखलढुङ्गामा विषालु च्याउ खाँदा एक जनाको मृत्यु

एक्सप्रेस पाना
आषाढ १५, २०८० शुक्रबार
  • 223
    SHARES
  • ओखलढुङ्गामा विषालु च्याउ खाँदा एक जनाको मृत्यु

    विषालु च्याउ खाँदा ओखलढुङ्गामा एक जनाको मृत्यु भएको छ ।

    images

    बारीमा पलाएको च्याउ खाँदा चिशङ्खुगढी गाउँपालिका–७ डाँडागाउँकी २४ वर्षीया कल्पना शर्माको ज्यान गएको हो । च्याउ खाँदा कल्पनाका श्रीमान् पर्शुराम खतिवडा सिकिस्त बिरामी भएका छन् ।

    यही असार ७ गते बारीमा पलाएको च्याउ पकाएर खाँदा दुवै जना बिरामी परेका थिए । जङ्गली च्याउ खाएर गम्भीर बिरामी परेका दम्पतीलाई उपचारका लागि नभएपछि काठमाडौँको टिचिङ अस्पताल पठाइएको थियो ।

    images

    अस्पतालमा उपचाररत श्रीमती शर्माको बिहीबार राति मृत्यु भएको र श्रीमान् पर्शुराम खतिवडाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

    जिल्लामा वर्षाको समयमा च्याउ जताततै उम्रिने गरेको छ । खेतबारी र जङ्गलमा उम्रिने विभिन्न प्रकारको च्याउमध्ये विषालु च्याउ छुट्याउन नसक्दा त्यस्तो च्याउ खाएकै कारण बिरामी पर्ने र मृत्युसमेत हुने गरेको छ । गत वर्ष जिल्लाको चम्पादेवीमा दुई जनाको जङ्गली च्याउ सेवन गरेकै कारण मृत्यु भएको थियो ।