बिहीबार , कार्तिक २० गते २०८३
images
images

देश र जनतालाई साक्षी राखेर इतिहासले सम्झिने काम गर्छु : प्रधानमन्त्री 

एक्सप्रेस पाना
आषाढ १७, २०८० आइतबार
  • 186
    SHARES
  • देश र जनतालाई साक्षी राखेर इतिहासले सम्झिने काम गर्छु : प्रधानमन्त्री 

                                  देश र जनतालाई साक्षी राखेर इतिहासले सम्झिने काम गर्छु : प्रधानमन्त्री 
     काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले देश र जनतालाई साक्षी राखेर ऐतिहासिक काम गर्ने आफ्नो संकल्प रहेको बताउनुभएको छ।

    images


    आइतबार बिहान इन्ट्रा नेसनल वेलफेयर एण्ड सर्पोट फाउन्डेसनद्वारा आयोजित विश्वभरिका नेपाली प्रतिभाहरूसँगको भेटघाटमा बोल्दै प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो ।


    बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, "मैले भनेको थिएँ– यसपटक म कुनै नराम्रो काम गर्दिनँ, नराम्रो काम हुन दिन्नँ । जति गर्छु– देश र जतालाई साक्षी राखेर राम्रो मात्र गर्छु, इतिहासले सम्झिने, आउने पुस्ताले सम्झिने केही ऐतिहासिक काम गर्छु ।" 

    images


    सो अवसरमा प्रधानमन्त्रीले देश निर्माणको अभियानमा बलियो साथ दिन युवा पुस्तालाई अपीलसमेत गर्नुभयो ।