बिहीबार , कार्तिक २० गते २०८३
images
images

अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालन

एक्सप्रेस पाना
आषाढ १८, २०८० सोमबार
  • 210
    SHARES
  • अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालन

                              अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालन
    पहिरोका कारण अवरुद्ध नारायगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ ।

    images

    इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना–५ स्थित तीन नम्बर पुलमा आज बिहान  पुनः पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेको थियो ।

      पहिरो पन्छाइ सडक दुइतर्फी सञ्चालन  गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए । 

    images

    पहिरोसँगै खसेको ढुङ्गाले लागेर ना ६ख ७१० नम्बरको ट्रक  चालकसमेत घाइते भएका छन् ।

    घाइते चालकको मुग्लिन हाइवे हस्पिटलमा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ ।

    यसअघि शनिबार रातिदेखि बन्द भएको सडक झण्डै १८ घण्टापछि  आइतबार  साँझपख मात्रै खुलेको थियो । सोही स्थानमा गत आइतबारदेखि पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुदैँ आएको छ ।