बिहीबार , कार्तिक २० गते २०८३
images
images

धन्सार भत्किँदा गोरखामा एकको मृत्यु

एक्सप्रेस पाना
आषाढ १९, २०८० मंगलबार
  • 272
    SHARES
  • धन्सार भत्किँदा गोरखामा एकको मृत्यु

    गोरखा । गोरखाको गण्डकी गाउँपालिका–४ स्थित ढाबेमा निर्माणाधीन धन्सार भत्केर एक जनाको मृत्यु भएको छ । 

    images

    धन्सार बनाउने क्रममा भत्केर ४१ वर्षीय मिना बरामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी रमेश कुमार श्रेष्ठले बताए । 

    धन्सार भत्किँदा एक जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइते ६५ वर्षीय रामकृष्ण बरामलाई उपचारका लागि काठमाडौँ ल्याइँदै छ । स्थानीय जङ्ग बहादुर बराम र सुजन बराम सामान्य घाइते भएका छन् 

    images