बिहीबार , कार्तिक २० गते २०८३
images
images

झापामा चट्याङ लागेर एकको मृत्यु, २ घाइते

एक्सप्रेस पाना
आषाढ २०, २०८० बुधबार
  • 263
    SHARES
  • झापामा चट्याङ लागेर एकको मृत्यु, २ घाइते

    झापा । गौरीगञ्ज गाउँपालिका–६ मा आज बिहान चट्याङ लागेर एक किशोरको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

    images

    मृत्यु हुनेमा गौरीगञ्ज गाउँपालिका–६ स्थित खजुरगाछीका १५ विजय सरदार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

    खेतमा काम गर्न जाने क्रममा पानीसँगै परेको चट्याङ लागेर उहाँको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालले बताए  ।

    images

    घटनामा भारतको फुलाबारी घर भई हाल सोही वडामा बस्दै आएका २० वर्षीय शिकन्दर आलाम र १६ वर्षीय मनिजुर आलाम घाइते भएका छन् । 

    घाइतेलाई उपचारका लागि गौरादहस्थित मेडिम्याक्स अस्पताल पठाइएको उनले जानकारी दिए ।