बिहीबार , कार्तिक २० गते २०८३
images
images

हृदयाघातका कारण नेकपा एसका पाल्पा अध्यक्ष पाण्डेको निधन

एक्सप्रेस पाना
आषाढ २३, २०८० शनिबार
  • 180
    SHARES
  • हृदयाघातका कारण नेकपा एसका पाल्पा अध्यक्ष पाण्डेको निधन

    पाल्पा । नेकपा एकीकृत समाजवादी पाल्पाका अध्यक्ष खिमानन्द पाण्डेय (कमल)को निधन भएको छ।

    images

    बगनासकाली गाउँपालिका १ पिप्ले निवासी ५२ वर्षीय उनको हृदयाघातका कारण शुक्रबार निधन भएको हो। खेतमा काम गरिरहेका वेला उनलाई हृदयाघात भएको थियो ।

    उपचारका लागि तत्काल लुम्बिनी मेडिकल कलेज प्रभास पुर्‍याउँदा उनलाई चिकित्सकले मृत घोषणा गरेका समाजवादी प्रेस संगठन पाल्पाका अध्यक्ष पदम गैरेले बताए ।

    images

    स्वर्गीय पाण्डेको पार्थिव शरीर शनिबार बिहान ८ देखि साढे ८ बजेसम्म तानसेनस्थित टुँडिखेलमा श्रद्धाञ्जलीका लागि राखिने छ। उनको अन्त्येष्टि आजै राम्दी घाटमा गरिने परिवारजनले बताएका छन् ।