बिहीबार , कार्तिक २० गते २०८३
images
images

मनाङ एयरको हेलिकप्टरमा सवार क्याप्टेनसहित सबैको परिचय खुल्यो

एक्सप्रेस पाना
आषाढ २६, २०८० मंगलबार
  • 355
    SHARES
  • मनाङ एयरको हेलिकप्टरमा सवार क्याप्टेनसहित सबैको परिचय खुल्यो

    काठमाडौँ । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर लामजुरामा दुर्घटनाग्रस्त भएको छ ।

    images

    हेलिकप्टरमा चढेका ६ जनाकै परिचय खुलेको छ । हेलिकप्टर क्याप्टेन चेत गुरुङले उडाएका थिए । अन्य पाँचजना मेक्सिकोका नागरिक हेलिकप्टरमा चढेका थिए । हेलिकप्टरमा मेक्सिकोका सिफुन्ट जी फर्नाडो, रिनकोन स्मार, सिफुन्ट मारिया, गुन्जालेज ओलाक्लो र जोन्जालेक्स एब्रिक चढेका थिए ।

    सुर्केबाट उडेको मनाङ एयरको नाइन एन-एएमभी कलसाइनको हेलिकोप्टर लिखुपिके गाउँपालिका ५, भकान्जेस्थित लामजुराको च्यानडाँडामा दुर्घटना अवस्थामा भेटिएको हो ।

    images

    घटनास्थलमा हेलिकप्टर क्षतविक्षत् अवस्थामा देखिएको स्थानीयएल जानकारी दिएका छन् । अहिले काठमाडौँबाट गएको अर्को हेलिकप्टर दुर्घटनास्थलमा अवतरण गरेको बताइएको छ । अहिलेसम्म पाँच जनाको शव भेटिएको छ ।

    दुर्घटनास्थल च्यानडाँडामा सबैभन्दा पहिला चौरी गोठालाहरु हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटेका थिए । हेलिकप्टर दुर्घटनाको कारण खुल्न सकेको छैन ।