शुक्रबार, भाद्र २६ गते २०८३
images

सन्दीपले काठमाडौं किंग्सको कप्तानी गर्ने 

एक्सप्रेस पाना
भाद्र ३१, २०७८ बिहीबार
  • 530
    SHARES
  • सन्दीपले काठमाडौं किंग्सको कप्तानी गर्ने 

    भदौ ३१ काठमाडौं । चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटअन्तर्गत काठमाडौं किंग्स इलेभेन टालीको कप्तानी सन्दीप लामिछानेले गर्ने भएका छन् । बिहीबार क्लबले एक विज्ञप्ति जारी गर्दै क्लबको कप्तानी राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले गर्ने बताएको हो । 

    images

    यस प्रतियोगिताका लागि शिवम् सिमेन्टलाई मुख्य प्रायोजकका रूपमा लिइएको छ । लिग आगामी ९ देखि २३ असोजसम्म कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुनेछ । 

    नेपाली बलर सन्दीप लामिछानेको कप्तानीमा उत्रिन लागेको काठमाडौं किंग्स इलेभेन टिममा अन्तर्राष्ट्रिय अल राउण्डर क्रिकेटर साहिद अफ्रिदी र जनकप्रकाश आवद्ध छन्  । यस्तै, गुल्सन झा, सुवास खकुरेल र सिद्धान्त लोहनीलगायतका खेलाडी पनि टिममा रहेका छन् 

    images