बिहीबार , कार्तिक २० गते २०८३
images
images

पाटनमा चट्याङबाट ५० भेडाबाख्रा मरे

एक्सप्रेस पाना
आषाढ ३०, २०८० शनिबार
  • 154
    SHARES
  • पाटनमा चट्याङबाट ५० भेडाबाख्रा मरे

    जुम्लाको पातारासी गाउँपालिका–२ स्थित  दुगाडा पाटनमा चट्याङ लागेर ५० भेडाबाख्रा मरेका छन् ।  

    images

    असार २८ गते दिउँसो २ बजेतिर परेको चट्याङले ती भेडाबाख्रा मरेका छन् भने ७० हराएको पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिनुभयो ।

    चट्याङले ४२ बाख्रा र आठ भेडा मरेको पातारासी गाउँपालिका भेटेरीनरी शाखाका प्रमुख गगन केसीले बताउनुभयो । सो गाउँपालिकाका स्थानीयवासी कृष्ण ऐडी, र मिमबहादुर बोहोराका भेडाबाख्रा चट्याङबाट मरेका हुन् ।

    images

    पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका अनुसार जिल्लाकै  सबैभन्दा बढी भेडापालन हुने ठाउँ पातारासी हो । पाटन र खर्कमा व्यवस्थित भेडीगोठ नहुँदा हरेक वर्ष चट्याङबाट भेडाबाख्रामा ठूलो क्षति गर्ने गरेको कार्यालयले जनाएको छ । भेडाबाख्रा चट्याङबाट मरेपछि घर खर्च लगाउनमा समस्या  भएको उनीहरुले बताउनुभयो । उहाँले भन्नुभयो किसान बोहोराले भन्नुभयो “यहीँ पेशाबाट आम्दानीको माध्यम बनेको थियो । घर खर्चदेखि बच्चाको पढाइ खर्च सहजरुपले धानेको थियो । ” 

    स्थानीय सरकारले राहतको लागि माथिल्लो सरकारी निकायमा पहल गरिदिन अनुरोध गरेको भेडापालक किसान ऐडीले बताउनुभयो । उहाँले भन्नुभया,े “चट्याङबाट भेडा मरेको जानकारी गराएका छौँ । राहत र क्षतिपूर्तिका लागि सम्बन्धित निकायलाई सहयोगको अपिलसमेत गरेका छौँ ।” स्थानीय सरकारबाट हुने सहयोग गरिने पातारासी गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिनुभयो ।