शुक्रबार, भाद्र २६ गते २०८३
images

नेपाल र अमेरिकाबीचको दोस्रो खेल आज

एक्सप्रेस पाना
आश्विन १, २०७८ शुक्रबार
  • 621
    SHARES
  • नेपाल र अमेरिकाबीचको दोस्रो खेल आज

    असोज १ काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा आज नेपालले अमेरिकासँग खेल्दै छ । 

    images

    नेपाल र अमेरिकाको खेल दिउँसो ४ः१५ बजे ओमानको राष्ट्रिय क्रिकेट एकेडेमीको अल एमिरात क्रिकेट ग्राउन्डमा हुनेछ । सोमबार सिरिजको पहिलो खेल खेलेको नेपालले अमेरिकाविरुद्ध पाँच विकेटको जित निकालेको थियो । त्यस्तै नेपाल दोस्रो खेलमा भने ओमानसँग पाँच विकेटले नै पराजित भएको थियो । 

    लिग–२ मा नेपाल ६ खेलमा ६ अङ्क जोडेर छैटौँ स्थानमा छ भने अमेरिका दोस्रो तथा ओमान शीर्ष स्थानमा छन् । अमेरिकाले १४ खेलमा १२ अङ्क जोडेको छ भने १२ खेल खेलेको ओमानले २० अङ्क जोडेको छ । 

    images