शुक्रबार, भाद्र २६ गते २०८३
images

युरोपा कन्फेरेन्स लिग : रोमाको फराकिलो जित

एक्सप्रेस पाना
आश्विन १, २०७८ शुक्रबार
  • 673
    SHARES
  • युरोपा कन्फेरेन्स लिग : रोमाको फराकिलो जित

    असोज १ एजेन्सी । युइएफए युरोपा कन्फेरेन्स लिगमा इटालियन फुटबल क्लब रोमाले बुल्गेरियाको सिएसकेए सोफियामाथि फराकिलो जित निकालेको छ । 

    images

    बिहीबार राति भएको समूह चरणको खेलमा रोमाले सोफियालाई ५-१ गोलअन्तरको जित दर्ता गरेको हो । 

    रोमाको घरेलु मैदानमा भएको खेलमा घरेलु टोलीले १० खेलाडीमा सीमित सोफियालाई पराजित गर्न लोरेन्जो पल्लेग्रिनी २ गोल गरे भने स्टेफन अल शारवी, जियानलुका मन्सिनी र ट्यामी अब्राहमले १/१ गोल गरे । सोफियाका ग्राहम क्यारीले १ गोल गरे ।  1631847547139.jpg

    images

    पहिलो हाफमा २-१ गोलको अग्रता बनाएको रोमाले दोस्रो हाफमा तीन गोल थपेको थियो । खेलको ८०औँ मिनेटमा सोफियाका यनिक विल्डचटले रातो कार्ड पाएपछि पाहुना टिम १० खेलाडीमा सीमित बनेको थियो । 

    यस्तै, गए राति नै भएको अर्को खेलमा इंग्लिस प्रिमियर लिग फुटबल क्लब टोटनह्यामले फ्रेन्च लिग वान क्लब रेन्नेससँग १-१ गोलको बराबरी खेलेको छ ।