एजेन्सी । युरोपको दोस्रो ठुलो क्लब फुटबल प्रतियोगिता युरोपा लिग नयाँ सिजन अन्तर्गत समूह चरणको खेलमा लेस्टर सिटी र नेपोली बराबरीमा रोकिएको छ । बिहिवार राति भएको खेलमा लेस्टर सिटी र नेपोली २-२ को बराबरीमा रोकिएको हो ।
खेलमा २-० ले पछि परेको अवस्थामा भिक्टर ओसिमहेनले दुई गोल गर्दै नेपोलीलाई हारबाट जोगाए । खेलको नवौं मिनेटमा एयोजी पेरेजले गोल गर्दै लेस्टरलाई अग्रता दिलाएका थिए । उने हार्भे बार्नेसको पासमा गोल गरेका थिए । त्यस्तै दोस्रो हाफको खेलको ६४औं मिनेटमा इहानाचोको पासमा हार्भे बार्नेसले नै गोल गर्दै २-० को अग्रता दिलाए ।
तर खेलको ६९औं मिनेटमा भिक्टर ओसिमहेनले गोल गर्दै २-१ गोलको अबस्थामा ल्याए । त्यसपछि ८७औं मिनेटमा ओसिमहेनले माटियो पोलिटानोको पासमा गोल गर्दै खेललाई २-२ गोलको बराबरीमा ल्याए ।


