बिहीबार , कार्तिक २० गते २०८३
images
images

बरामद एक क्वीन्टल सुनबारे छानबिन गर्न समिति गठन

एक्सप्रेस पाना
श्रावण ४, २०८० बिहीबार
  • 254
    SHARES
  • बरामद एक क्वीन्टल सुनबारे छानबिन गर्न समिति गठन

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद एक क्वीन्टल सुनबारे छानबिन गर्न समिति बनाइएको छ ।

    images

    गत बुधबार करिब एक सय किलो अवैध सुन बरामद गरेपछि भन्सार विभागले विभागकै अनुसन्धान विभागका निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा छानबिन गर्न समिति बनाएको हो ।

    गत बुधबार राजस्व अनुसन्धान विभागको टोलीले विमानस्थलको भन्सार जाँचपास भएर ट्याक्सीमा लैजान लागिएको अवस्थामा उक्त सुन बरामद गरेको थियो । बरामद सुन तौलिन नेपाल राष्ट्र बैंक पठाइएको छ । 

    images

    उक्त प्रकरणमा हालसम्म ६ जना पक्राउ परेका छन् ।