बिहीबार , कार्तिक २० गते २०८३
images
images

आज तरकारी र फलफूलको मूल्य कति ?

एक्सप्रेस पाना
श्रावण ५, २०८० शुक्रबार
  • 231
    SHARES
  • आज तरकारी र फलफूलको मूल्य कति ?

    काठमाडौँ । आज ५ गते शुक्रबार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारको लागि तरकारी तथा फलफुलको दैनिक मूल्य प्रकाशन गरेको छ ।  

    images

    समितिले सार्वजनिक गरेको नयाँ मूल्य सुची अनुसार आज शुक्रबार नेपाली ठुलो गोलभेडा, भटमासकोशा र हरियो तरबुजा ८५ रुपैयाँ, लोकल गोलभेडा, घिरौला, तितो करेला र तने बोडी ४५ रुपैयाँ, टनेल गोलभेडा, डल्लो भन्टा, हाइब्रीड घिउ सिमी र लोकल नासपाती ६५ रुपैयाँ, रातो आलु ४९ रुपैयाँ, भारतीय रातो आलु ३५ रुपैयाँ ५० पैसा तोकिएको छ । 

    त्यस्तै, अनार ३९३ रुपैयाँ ३३ पैसा, मालदह आँप १६० रुपैयाँ, फूजी स्याउ ३५६ रुपैयाँ ६७ पैसा, कागती १२० रुपैयाँ, अनार ३९३ रुपैयाँ ३३ पैसा, दसहरी आँप १५५ रुपैयाँ, कलकत्ते आँप ७५ रुपैयाँ, भुई कटहर प्रतिगोटा १६५ रुपैयाँ, लोकल काक्रो ५६ रुपैयाँ किवि ८५० रुपैयाँ, आभोकाडो ५५० रुपैयाँ, अदुवा २७० रुपैयाँ, अकबरे खुर्सानी ३५० रुपैयाँ र भेडे खुर्सानी ७६ रुपैयाँ पर्नेछ । 

    images