शुक्रबार, भाद्र २६ गते २०८३
images

दक्षिण अफ्रिकी लेभी र बेस्ट इन्डिजका विलियम्सले पोखराबाट ईपीएल खेल्ने

एक्सप्रेस पाना
आश्विन १, २०७८ शुक्रबार
  • 369
    SHARES
  • दक्षिण अफ्रिकी लेभी र बेस्ट इन्डिजका विलियम्सले पोखराबाट ईपीएल खेल्ने

    असोज १ काठमाडौं । चौंथौ संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी२० क्रिकेट प्रतियोगिता दक्षिण अफ्रिकाका रिचार्ड लेभी र वेस्ट इन्डिजका केसरिक विलियम्सले खेल्ने भएका छन् । 

    images

    आगामी ९ असोजबाट सुरु हुने ईपीएलमा दक्षिण अफ्रिकी लेभी र वेस्ट इन्डिजका विलियम्सले पोखरा राइनोजबाट खेल्ने भएका हुन् । लेभी र विलियम्सलाई अनुबन्धन गरिएको पोखरा राइनोजले जनाएको छ ।

    चौंथो संस्करणको इपीएल क्रिकेट ९-२३ असोजसम्म टियु क्रिकेट मैदानमा हुनेछ ।

    images

    प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन् । साविक विजेता ललितपुर प्याट्रीयट्ससँगै भैरहवा ग्ल्याडियटर्स, काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स र विराटनगर वारिवर्सले प्रतिस्पर्धा गर्ने छन् ।