बिहीबार , कार्तिक २० गते २०८३
images
images

मुग्लिङ-नारायणगढ सडकमा पहिरो, राजमार्ग अवरुद्ध हुँदा यात्रु अलपत्र

एक्सप्रेस पाना
श्रावण ९, २०८० मंगलबार
  • 156
    SHARES
  • मुग्लिङ-नारायणगढ सडकमा पहिरो, राजमार्ग अवरुद्ध हुँदा यात्रु अलपत्र

    चितवनको मुग्लिङ-नारायणगढ सडक खण्ड अन्तर्गत कालिखोलामा पहिरो खस्दा राजमार्ग पूर्ण अवरुद्ध भएको छ ।

    images

    बिहान ७ बजेदेखि सडक पूर्ण रूपमा बन्द रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । 

    कालिखोला आसपासका विभिन्न स्थानमा साना ठुला पहिरो आएर राजमार्ग अवरुद्ध भएको हो ।  

    images

    अवरुद्ध सडक खुलाउने प्रयास भइराखेको डिभिजन सडक कार्यालय भरतपुरले जानकारी दिएको छ । 

    पानी परिराखेकाले परिरो पन्छाउन कठिन भएको कार्यालयको भनाइ छ ।

    पहिरो पन्छाउन समय लाग्ने देखिएकोले वैकल्पिक मार्गको प्रयोग गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले आग्रह गरेको छ ।