बिहीबार , कार्तिक २० गते २०८३
images
images

पाँचथरमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १३ घाइते

एक्सप्रेस पाना
श्रावण ९, २०८० मंगलबार
  • 214
    SHARES
  • पाँचथरमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १३ घाइते

    पाँचथरको फिदिम नगरपालिका–२ सामदिनमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । 

    images

    मेची राजमार्गस्थित सामदिनमा मंगलबार झापाको विर्तामोडबाट ताप्लेजुङ हिँडेको मे १ ज १९४१ नम्बरको जिप दुर्घटना हुँदा एक पुरुषको मृत्यु भएको हो । मृतकको पहिचान खुलिसकेको छैन । 

    घाइते १३ जनामध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

    images

    गम्भीर अवस्था रहेका घाइते सविना विश्वकर्मा र मिना लिम्बूलाई थप उपचारका लागि झापा पठाइएको र बाँकीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको पाँचथर प्रहरीले जनाएको छ ।