शुक्रबार, भाद्र २६ गते २०८३
images

उज्वेकिस्तानमा खेलाडीको नियमित कोरोना परीक्षण

एक्सप्रेस पाना
आश्विन १, २०७८ शुक्रबार
  • 452
    SHARES
  • उज्वेकिस्तानमा खेलाडीको नियमित कोरोना परीक्षण

    असोज १ काठमाडौं । एएफसी महिला एसियन कप छनौट खेलमा सहभागी जनाउन उज्वेकिस्तान पुगेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीका सदस्यहरूको नियमित पीसीआर परीक्षणको प्रावधान गरिएको छ ।

    images

    यस्तै नेपाली टोलीको आज दोश्रो पीसीआर परीक्षण गरिएको छ । पहिलो परिक्षणमा सबै नतिजा नेगेटिभ आएको थियो । यस्तै औपचारिक बैठक, आवतजावतका क्रियाकलापलाई न्यूनीकरण गरिएको छ । अभ्यास समय र खेलका दिनबाहेक कुनै पनि टोलीलाई होटेलको हाता बाहिर जान दिइएको छैन ।

    टोलीका अफिसियलहरूका बैठक तथा प्रेससँगको भेटघाटलाई पनि सकेसम्म भर्चुअल आयोजना गरिएका छन् । बिहीबार प्रि–म्याच कन्फरेन्समा सहभागी टोलीका मुख्य प्रशिक्षकहरूले सहभागिता जनाए भने खेलपछिका पत्रकार सम्मेलन पनि कोरोना भाइरसका कारण आयोजना नगरिने आयोजकले बताएको छ  । 

    images

    कोरोना भाइरस कै कारण खेलहरू हेर्न दर्शकहरू आउन पाउने छैनन् । मिडिया सेन्टरको प्रावधान पनि हटाइएको छ।

    नेपालले समूह एफ मा भोलि फिलिपिन्स र ५ असोजमा हङकङको सामना गर्दै छ । समूहको विजेता भारतमा हुने एएफसी महिला एसियन कपमा स्थान बनाउनेछ ।