बिहीबार , कार्तिक २० गते २०८३
images
images

सरकारले गरेका कामहरू जनताले थाहा पाउने गरी सूचना दिनु सरकारको दायित्व : मन्त्री शर्मा

एक्सप्रेस पाना
श्रावण ११, २०८० बिहीबार
  • 193
    SHARES
  • सरकारले गरेका कामहरू जनताले थाहा पाउने गरी सूचना दिनु सरकारको दायित्व : मन्त्री शर्मा

    काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले गरेका कामहरू जनताले थाहा पाउने गरी सूचना दिनु सरकारको दायित्व भएको बताउनुभएको छ ।

    images

    प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज आयोजित संवैधानिक निकाय, संघीय मन्त्रालय तथा केन्द्रीय निकायका प्रवक्ता तथा सूचना अधिकारीहरू बीचको अन्तर्क्रिया कार्यक्रममा मन्त्री शर्माले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने पत्रकार सम्मेलनमा सम्बन्धित निकायका प्रवक्ताहरू नै उपस्थित भएर सूचना दिन सके प्रभावकारी हुने बताउनुभयो । 

    उहाँले सरकारले गरेका निर्णय र काम कारबाहीको प्रचार प्रसार गर्ने पनि सरकारको दायित्व भएको बताउनुभयो । 

    images

    मन्त्री शर्माले सबै निकायका प्रवक्ता तथा सूचना अधिकारीबीच सूचनालाई व्यवस्थित रुपमा आदानप्रदान गर्न साझा पोर्टल निर्माणको काम अघि बढेको बताउनुभयो ।