बाँके जिल्लाको कोहलपुर नगरपालिका ११ स्थित कृषिबजार चोक नजिकैबाट साउन १० गते सशस्त्र प्रहरीले करीव ४१ लाख ८१ हजार रुपैयाँ बराबरको मोवाईलको डिसप्ले सहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
भारत घर बताउने ३६ वर्षिय नावेद अलीलाई नं. ३० बागेश्वरी गण बाँके र राजश्व चुहावट नियन्त्रण सुरक्षा वेश कोहलपुरले नियन्त्रणमा लिएको हो ।
से ७ प ८९९९ नम्बरको मोटरसाईकलमा सवार अलीले बोकेको उल्लेखित मुल्य बराबरको बिभिन्न ब्रान्डका मोवाईलका डिसप्लेको बिलविजक फेला नपरेपछि नियन्त्रणमा लिईएको हो ।
नियन्त्रणमा लिएका अलीलाई बरामद डिसप्ले तथा मोटरसाईकल सहित आवश्यक कारवाहीको लागि नेपालगन्ज भन्सार कार्यालय जमुनाह बाँकेमा बुझाईएको छ ।
२९ लाख रुपैयाँ बराबरको स्याउसहित ट्रक नियन्त्रणमा
सिरहा जिल्लाको नवराजपुर गाउँपालिका ५ देवनगर र झाँझपट्टीको सीमा ईलाकाबाट साउन ११ गते सशस्त्र प्रहरीले करीव ३० लाख ३६ हजार रुपैयाँ बराबरको स्याउसहित एउटा मिनिट्रक नियन्त्रणमा लिएको छ ।
स १ ख ६०० नम्बरको मिनिट्रकमा राखेर नेपालबाट भारततर्पm लैजाँदै गरेको उल्लेखित मुल्य बराबरको १ सय ३४ कार्टुन स्याउसहितकोे ट्रक प्रस्तावित सीमा सुरक्षा गुल्म इनर्वा, बिओपी नवराजपुर र सुरक्षा बेश सुखिपुरले नियन्त्रणमा लिएको हो । ट्रकका चालक भने सशस्त्र प्रहरीको टोलीलाई देख्नासाथै ट्रक छाडी फरार भएका थिए ।
बरामद स्याउ तथा ट्रक ठाडी भन्सार कार्यालय ठाडी सिरहामा बुझाईएको छ ।
.jpg)


