बिहीबार , कार्तिक २० गते २०८३
images
images

विमानस्थलबाट पुन: अवैध सुन बरामद

एक्सप्रेस पाना
श्रावण ११, २०८० बिहीबार
  • 180
    SHARES
  • विमानस्थलबाट पुन: अवैध सुन बरामद

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पुन: अवैध सुन बरामद गरेको छ। 

    images

    अवैध रुपमा भन्सार छलि लैजान लागेको ५८ ग्राम सुनसहित प्रहरीले भारतीय नागरिक ३० वर्षीय इमरान सिराजलाई बिहीबार दिउँसो पक्रेको हो।

    हिमालय एयरलाइन्सको उडानद्वारा दोहा कतारबाट काठमाडौं आएका सिराजलाई आगमन टनेल गेटमा प्रहरीले जाँच गर्ने क्रममा उक्त सुनसहित पक्राउ गरेको हो।

    images

    उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ।