बिहीबार , कार्तिक २० गते २०८३
images
images

हर्क साम्पाङलाई व्यक्तिको जग्गामा वृक्षरोपण नगर्न अदालतको आदेश

एक्सप्रेस पाना
श्रावण ११, २०८० बिहीबार
  • 219
    SHARES
  • हर्क साम्पाङलाई व्यक्तिको जग्गामा वृक्षरोपण नगर्न अदालतको आदेश

    काठमाडौं । उच्च अदालत विराटनगरले सर्दु जलधार क्षेत्रमा रहेको व्यक्तिको जग्गामा वृक्षरोपण नगर्न धरान उपमहानगरपालिकालाई अन्तरिम आदेश दिएको छ। 

    images

    धरान-४ की रोजिना अधिकारीले दायर गरेको रिटमा न्यायाधीश मिलनकुमार राईको इजलासले मुद्दाको अन्तिम टुंगो नलागेसम्म व्यक्तिको नाममा रहेको जग्गामा अनधिकृत रूपमा प्रवेश गर्ने, विरुवा रोप्नेजस्ता काम नगर्न आदेश दिएको हो।

    'प्रस्तुत निवेदनको अन्तिम टुङ्गो नलागेसम्म निवेदकको नाम दर्ताको कि.नं. ४२१ र ३४५ को जग्गामा अनाधिकृत रुपमा प्रवेश गर्ने, वृक्षारोपण गर्ने गराउने कार्य नगर्नू नगराउनु भनी उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम विपक्षीहरुको नाममा अन्तरिम आदेश जारी गरिदिएको छ ।

    images

    आदेशको जानकारी विपक्षीहरुलाई दिई नियमानुसार पेस गर्नू,' आदेशमा भनिएको छ । 

    साथै अदालतले उपमहानगरलाई रिट निवेदकको मागबमोजिमको आदेश जारी नहुनुपर्ने कुनै आधार, कारण र प्रमाण भए १५ दिनभित्र लिखितरूपमा जवाफ पेस गर्न भनेको छ।