बिहीबार , कार्तिक २० गते २०८३
images
images

के तपाईं कोरिया जाने हो ? भाषा परिक्षा खुल्यो

एक्सप्रेस पाना
श्रावण १४, २०८० आइतबार
  • 395
    SHARES
  • के तपाईं कोरिया जाने हो ? भाषा परिक्षा खुल्यो

    काठमाडौं । तपाईं रोजगारिका लागि विदेश जान चाहनुहुन्छ ? विदेश जाने तयारीमा हुनुहुन्छ भने कोरियन भाषा परिक्षाका लागि आवेदन माग गरिएको छ ।

    images

    इपीएस कोरिया शाखाले आज (आइतबार) सूचना जारी गर्दै भाषा परिक्षाका लागि इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको हो । 

    नेपाल सरकार, श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालयबीच भएको समझदारीपत्र अनुरुप रोजगार अनुमति प्रणाली (इपीएस)अन्तर्गत गणतन्त्र कोरियामा नेपाली नागरिकलाई लैजान आवेदन खुलेको छ ।

    images

    पानी जहाज कम्पनीमा कामदारका रूपमा पठाउने सिलसिलामा उमेदवारको छनौट गर्न कोरियान भाषा परिक्षा सञ्चालन गरिने जनाइएको हो ।

    साउन २० गतेदेखि २४ गतेसम्म १८ वर्ष पुरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सकिनेछ । भाषा परिक्षा आगामी असोज १ गते सोमबारदेखि हुने बताइएको छ ।