शुक्रबार, भाद्र २६ गते २०८३
images

गुल्शन झाको राष्ट्रिय टिमबाट डेब्यु, टस हारेर नेपाल ब्याटिङ गर्दै

एक्सप्रेस पाना
आश्विन १, २०७८ शुक्रबार
  • 390
    SHARES
  • गुल्शन झाको राष्ट्रिय टिमबाट डेब्यु, टस हारेर नेपाल ब्याटिङ गर्दै

    असोज १ काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा आज नेपालले अमेरिकासँग खेल्दै छ । 

    images

    अल अमेरात क्रिकेट मैदानमा अमेरिकाविरुद्ध नेपालले टस हारेर  ब्याटिङ गर्ने भएको छ । सोमबार सिरिजको पहिलो खेल खेलेको नेपालले अमेरिकाविरुद्ध पाँच विकेटको जित निकालेको थियो । 

    खेल अपरान्ह ४:१५ मा सुरु हुनेछ  

    images

    अमेरिकाविरुद्ध युवा तीव्र गतिका बल गुल्शन झाले डेब्यु गर्दैछन् । उनलाई अर्का बलर सोमपाल कामीले डेब्यु क्याप लगाई दिए । गुल्शनको डेब्युसँगै बिक्रम सोब टिम बाहिर रहने छन् ।

    नेपाली टोली

    ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, सन्दीप लामिछाने, करण केसी, विनोद भण्डारी, सोमपाल कामी, रोहितकुमार पौडेल, कुशल मल्ल, सुशान भारी, गुल्सन झा ।