शुक्रबार, कार्तिक २१ गते २०८३
images
images

साउनको तेस्रो सोमबार- पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड

एक्सप्रेस पाना
श्रावण १५, २०८० सोमबार
  • 239
    SHARES
  • साउनको तेस्रो सोमबार- पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड

    काठमाडौँ  । सौरमासअनुसार साउनको तेस्रो सोमबारका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ ।

    images

    साउनको सोमबार भक्तजनको बिहानैदेखि भीड लाग्ने भएकाले आज बिहान ३ बजेदेखि चारै ढोका खुला गरिएको हो ।

    pasupati.jpg

    images

    साउनको तेस्रो सोमबार आज सुन्दरीजलबाट शुद्ध जलसहित बोल बम यात्रा गरी पशुपतिनाथ मन्दिरमा चढाउने भक्तजनको पनि भीड बढेको हो ।

    बोल बम काँवरिया सङ्घको आयोजनामा आज सुन्दरीजलबाट पशुपतिनाथसम्म बोल बम यात्रा गर्ने भक्तजनको भीड लागेको हो ।

    साउनको सोमबार पशुपतिनाथलगायत शिवालयमा पूजा, आराधना एवं दर्शन गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।

    साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार भएकाले यस दिन उनको पूजा आराधना तथा शुद्ध जल अर्पण गर्नाले आशुतोष भगवान् खुसी हुने विश्वास गरिन्छ ।

    TikTok.jpg

    भक्तजनको भीड लाग्ने भएकाले साउनको सोमबारका अवसरमा पशुपति क्षेत्रमा तीज र महाशिवरात्रिको जस्तै तयारी गरिएको कोषले जनाएको छ ।

    साउनको सोमबार पशुपतिनाथलगायत शिवालयमा विशेष पूजा आराधना गर्ने भक्तजनको पनि भीड लाग्ने गर्छ । यस वर्ष भने साउनमा अधिकमास रहेकाले साउनको सोमबारको व्रत गर्नेले व्रत गर्नु हुने वा नहुनेमा मतान्तर रहेको छ । साउनमा प्रत्येक वर्ष भगवान् शिवको पूजा आराधना गरिने नित्य कर्म भएकाले गर्न हुने वा नहुने भन्नेमा धर्मशास्त्रीबीच मतान्तर भएको हो । 

    साउनको तेस्रो सोमबार आज पनि पशुपतिनाथलगायत शिवालयमा भेला भएका भक्तजनमध्ये धेरैजसो वर्तालु महिला रहेका छन् । साउनको सोमबारका अवसरमा आज राजधानीको गोकर्णेश्वर, नागेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवलगायत देशभरका शिव मन्दिरमा भक्तजनको भीड लागेको छ ।