सिरहा जिल्लाको सिरहा नगरपालिका ७ स्थित शिवचोकबाट साउन १७ गते सशस्त्र प्रहरीले करीव १८ लाख ७५ हजार रुपैयाँ बराबरको एक सय कार्टुन कुखुराको चल्ला र बलेरो पिकअप गाडीसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
सोही जिल्लाको गोलबजार नगरपालिका १० धरमपुर बस्ने २० वर्षिय पवन सदाय र १८ वर्षिय लजे मुखियालाई सदरमुकाम सुरक्षा वेश सिरहाले नियन्त्रणमा लिएको हो ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको स १ च १६८४ नम्बरको बलेरो पिकअप गाडीमा राखी ल्याउँदै गरेको उल्लेखित मुल्यको ५ हजार वटा कुखुराको चल्ला सहित उनीहरुलाई नियन्त्रणमा लिईएको हो ।
उनीहरु उक्त गाडीको चालक तथा सहचालक रहेका छन् । नियन्त्रणमा लिईएका दुवै जनालाई बरामद चल्ला तथा गाडीसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय माडर सिरहामा बुझाईएको छ ।
.jpg)


