शनिबार, कार्तिक २२ गते २०८३
images
images

ट्रकको क्याविनमा लुकाई छिपाई ल्याउँदै गरेको औषधिसहित व्यक्ति नियन्त्रणमा

एक्सप्रेस पाना
श्रावण १८, २०८० बिहीबार
  • 303
    SHARES
  • ट्रकको क्याविनमा लुकाई छिपाई ल्याउँदै गरेको औषधिसहित व्यक्ति नियन्त्रणमा

    ट्रकको क्याविनमा लुकाई छिपाई ल्याउँदै गरेको प्रतिबन्धित औषधिसहित मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका १५ चुरियामाईस्थित पूर्व पश्चिम लोकमार्गबाट साउन १८ गते सशस्त्र प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

    images

    काभ्रे जिल्लाको मन्डन देउपुर नगरपालिका ९ बस्ने अन्दाजी ५० वर्षिय ज्ञानेन्द्र कुमार सापकोटालाई नं. १४ गण मकवानपुरले नियन्त्रणमा लिएको हो ।

    बिरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको बा प्र. ०१–००६ ख २६५६ नम्बरको ट्रकको क्याविनमा लुकाई छिपाई ल्याउँदै गरेको १ लाख ३१ हजार ७ सय ६० वटा ट्रमाडोल ट्याब्लेट र १ सय ५० वटा म्याड गुज्रीएको महरिच मल्टि भिटामिन ट्याब्लेट सहित उनलाई नियन्त्रणमा लिईएको हो । उनी ट्रकका चालक रहेका छन् ।

    images

    साथै ट्रकमा लोड गरी ल्याउँदै गरेको करीव १४ लाख ४६ हजार रुपैयाँ बराबरको लत्ताकपडा र प्रिन्टिङ्ग पेपरको बिलविजक फेला नपरेपछि उक्त लत्ताकपडासहित ट्रक नियन्त्रणमा लिईएको हो ।

    नियन्त्रणमा लिइएका सापकोटालाई बरामद औषधीसहित आवश्यक कारवाहीको लागि औषधी व्यवस्था विभाग शाखा कार्यालय बिरगंजमा र बरामद लत्ताकपडा, प्रिन्टिङ्ग पेपर र ट्रक राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको छ ।