शुक्रबार, कार्तिक २१ गते २०८३
images
images

सामाखुसीबाट हराएका बालकको शव ११ दिनपछि दक्षिणकालीमा भेटियो

एक्सप्रेस पाना
श्रावण १९, २०८० शुक्रबार
  • 254
    SHARES
  • सामाखुसीबाट हराएका बालकको शव ११ दिनपछि दक्षिणकालीमा भेटियो

    काठमाडौँ । भारी वर्षापछि आएको बाढीका कारण काठमाडौँको सामाखुशी खोलाले बगाएर बेपत्ता भएका १३ वर्षीय साजन आलेमगरको शव आज दक्षिणकालीस्थित वाग्मती किनारमा फेला परेको छ ।

    images

    जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले आज वाग्मती किनारमा उनको शव फेला परेको जानकारी दिए । यही साउन ७ गते उनलाई सामाखुसी खोलाले बगाएको थियो ।

    त्यसपछि लगातार खोजी गर्दा पनि उनको अवस्था पत्ता लाग्न नसकेकामा आज ११ दिनपछि शव फेला परेको उनले बताए । स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेको जनाइएको छ ।

    images