असोज १ काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले आफ्नो तेस्रो खेलमा अमेरिकालाई १७५ रनको विजयी लक्ष्य दिएको छ ।
ओमानको अल अमेरात क्रिकेट मैदानमा अमेरिकाविरुद्ध नेपालले टस हारेर ब्याटिङ थालेको नेपालले ४८ ओभरमा अलआउट हुदै १७४ रन बनाएको थियो ।
नेपालका लागि कप्तान मल्लले सर्वाधिक ५५ रनको योग्दान दिए । त्यस्तै कुशल भर्तेल ३६,डेब्यु खेलाडी गुल्शन झा २८, विनोद भण्डारी १०, करण केसी १२ र सन्दीप लामिछानेले ११ रनको योग्दान दिए ।
अमेरिकाका सौरभ नेत्राभाल्करले ४ विकेट लिए । केली फिलिपले ३ विकेट लिए ।


