शुक्रबार, भाद्र २६ गते २०८३
images

नेपालले आज फिलिपिन्ससँग खेल्दै

एक्सप्रेस पाना
आश्विन २, २०७८ शनिबार
  • 645
    SHARES
  • नेपालले आज फिलिपिन्ससँग खेल्दै

    असोज २ काठमाडौं । एएफसी महिला एसियन कप–२०२२ को छनौट अन्तर्गत नेपालले आज फिलिपिन्ससँग खेल्दैछ ।

    images

    खेल दिउँसो पौने ४ बजे उज्वेकिस्तानको जेएआर स्टेडियमा सुरु हुनेछ । त्यस्तै हिजो भएको पत्रकार सम्मेलनमा नेपालका प्रशिक्षक ग्यारी फिलिप्सले आफूले नयाँ र चुस्त टिम तयार पारेकाले राम्रो नतिजा आउनेमा आफू आशावादी रहेको बताएका छन् ।

    छनौट अन्तर्गत नेपाल रहेको समूहमा फिलिपिन्स र हङकङ रहेका छन् ।

    images

    समूहको शीर्ष स्थानमा रहने टोलीले अर्को वर्षको फेब्रुअरीमा भारतमा हुने महिला एसियन कप खेल्न पाउनेछ । छनौट अघि नेपालले काठमाण्डौमा बङ्गलादेशसँग २ वटा मैत्रीपूर्ण खेल खेलेकोमा एकमा जित र एकमा बराबरीको नतिजा निकालेको थियो ।