बिहीबार , कार्तिक २० गते २०८३
images
images

मदन पुरस्कारका लागि पाँच उत्कृष्ट कृति सार्बजनिक

एक्सप्रेस पाना
श्रावण २४, २०८० बुधबार
  • 250
    SHARES
  • मदन पुरस्कारका लागि पाँच उत्कृष्ट कृति सार्बजनिक

    काठमाडौं । मदन पुरस्कार–२०७९ का लागि पाँच श्रेष्ठ पुस्तकको सूची सार्वजनिक भएको छ । 

    images

    मदन पुरस्कार गुठीले आज पाँच कृतिहरू छनोट गरी श्रेष्ठ सार्बजनिक सरोकारका लागि सूची सार्वजनिक गरेको हो ।

    गुठीका अध्यक्ष कुन्द दीक्षितका अनुसार प्राप्त कुल ३१३ कृतिमध्ये पाँच उत्कृष्ट कृति छानिएको हो । यी पाँचमध्ये एकले सर्वश्रेष्ठ कृतिको रूपमा २०७९ सालको मदन पुरस्कार प्राप्त गर्नेछन् ।

    images

    उत्कृष्ट पाँचमा छनोट हुन सफल कृतिमा सुबिन भट्टराईको इजोरिया, विवेक ओझाको ऐंठन, द्वारिकानाथ ढुंगेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्ग्रा र सञ्जय विष्टको माटाको घर रहेको मदन पुरस्कार गुठीले जनाएको छ ।