बिहीबार , कार्तिक २० गते २०८३
images
images

क्रान्तिकारी कमरेडहरू छलफल गरौँ, तुरुन्त जुटौँ!

एक्सप्रेस पाना
श्रावण २४, २०८० बुधबार
  • 711
    SHARES
  • क्रान्तिकारी कमरेडहरू छलफल गरौँ, तुरुन्त जुटौँ!

    तपाई हाम्रो काँधमा एउटा ज्यादै ठुलो ऐतिहासिक जिम्मेवारी आइपुगेको छ। विभिन्न परिवर्तनका खुड्किलाहरूबाट गुज्रँदै आएको इतिहासले आज नेपाली जनतालाई एउटा ठुलो वैचारिक क्रान्ति र आमूल परिवर्तनको खाँचो महसुस गरेको छ।

    images

    आज हामी जता हेर्छौँ त्यतै छटपटी छ, निराशा छ। चाहे विद्यार्थी होस्, किसान होस् या पार्टी सङ्गठनमा लागेको कार्यकर्ता होस्। जुनसुकै क्षेत्रमा हेरौँ निराशा र आक्रोशहरू मात्रै छन्। मुलुकमा एकातिर बिस्तारवादीहरूको हेपाहा प्रवृत्ति छ भने, अर्कोतिर साम्राज्यवादीहरूको थेचर्ने प्रवृत्ति छ। यी प्रवृत्तिविरुद्ध एउटा सैद्धान्तिक वैचारिक क्रान्तिकारी पार्टी सङ्गठनको आवश्यकता छ। 

    नेपालमा एउटा ठुलो क्रान्ति र परिवर्तनको अव्यक्तता छ। तर, त्यो क्रान्ति र परिवर्तन जनताको निष्क्रिय कामना र असङ्गठित असन्तोषबाट कदापि सम्भव छैन। त्यसका लागि आवश्यक छ एउटा ठुलो ऐतिहासिक सैद्धान्तिक वैचारिक राजनीतिक जनयुद्ध। यो जनयुद्ध भ्रम अलमल र अस्पष्ट उद्देश्यको नहोस्। हामीलाई लहैलहैमा भेडा बाख्रा र गाई भैँसीझैँ लडाएर अरू कसैले आफ्नो दुनो नसोझ्याओस्।

    images

    हाम्रो रगतले भिजेको बलिदेवीमाथि अरू कसैले पनि महल नबनाइयोस्। त्यसको निम्ति आज प्रत्येक क्रान्ति र परिवर्तनको इच्छुकहरूले सचेत हुन जरुरी छ। यस युद्धमा युवा विद्यार्थी कमसेकम ९० प्रतिशत अनिवार्य हुनुपर्छ। श्रमजीवी नेपाली जनताको मुक्ति युद्धमा परिणत गर्न मजदुर वर्गको नेतृत्वमा समपूर्ण थिचिएका, मिचिएका, सोसिएका समाजवादी आन्दोलनमा होमिनुपर्छ।

    यी सबै कामका निम्ति हामीले आफूसँग भएको सिप, प्रतिभा, बुद्धि, बल र श्रमलाई साधनको रूपमा अनिवार्य प्रयोग गर्नपर्छ। चेतनशील, शिक्षित, बुद्धिजीवीसहितको जनचेतना निर्माणको प्रमुख स्रोत बनाउनुपर्छ। 

    क्रान्तिकारी कमरेडहरू विद्यार्थी-युवा, कलाकार, बुद्धिजीवी सबै क्रान्तिको निम्ति वैचारिक पृष्ठभूमि तयार पार्नुपर्छ। श्रमिक जनतामा वर्गीय एकता कायम गर्नुपर्छ। जनताको मित्र शक्ति र शत्रु शक्तिहरूको विभाजन रेखालाई स्पष्ट पार्नुपर्छ। 

    क्रान्तिको निम्ति सारा जनताको मनोबल उच्च बनाउनुपर्छ। विभिन्न क्रान्तिको मोर्चाहरूमा गएर जनताको चेतना स्तर उच्च बनाउनुपर्छ। स्टालिनको शब्दमा भने हो भने क्रान्तिकारी वर्गहरू भित्र नयाँ आत्माको निर्माण गर्नु हो। काममा हामीले बढीभन्दा बढी योगदान दिन सक्नुपर्छ। 

    छिटै छलफल गरौँ, तुरुन्तै जुटौँ !! यसरी समाजवादी क्रान्तिको लागि अगुवा दस्ताको भूमिका पूरा गर्ने जिम्मेवारी बहन गरौँ। लेखक: सोनुलाल यादव स्थाइ कमिटी सदस्य (अनेरास्ववियू)