नेपाली भूमिमा काम गर्ने भारतीय गाडीलाई निषेध गर्न माग गर्दै ट्याक्सी चालकहरु आन्दोलित भएका छन्।
बिहीवार काठमाडौंको नयाँ बानेश्वर यातायात व्यवस्था विभाग अगाडि भेला भइ मजदुर चालक स्वतन्त्र संघर्ष समितिले भाडाको काम गर्ने, निजी प्रयोजन गर्ने सवारीसाधन तत्काल बन्द गरी भारतीय गाडीलाई निषेध गर्न माग गरेका हुन्।
विरोध प्रदर्शनका क्रममा बोल्दै नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी चालक समाजका महासचिव दिलिपकुमार श्रेष्ठ निजी गाडीले सार्वजनिक सवारीको काम गरिरहेकोप्रति आफूहरुको असन्तुष्टि रहेको बताए।
उनले निजी गाडीले सार्वजनिक सवारीको काम गर्नु नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी चालक समाजको केन्द्रिय महासचिव यातायात व्यवस्था ऐन, २०४९ को दफा ८ र १२ विपरीत भएको बताए।









.jpg)


