शुक्रबार, भाद्र २६ गते २०८३
images

नेपाल फिलिपिन्ससँग २-१ गोलले पराजित

एक्सप्रेस पाना
आश्विन २, २०७८ शनिबार
  • 549
    SHARES
  • नेपाल फिलिपिन्ससँग २-१ गोलले पराजित

    असोज २ काठमाडौं । एएफसी महिला एसियन कप-२०२२ छनोटको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको छ।

    images

    उज्वेकिस्तानको जेएआर स्टेडियममा शनिबार भएको खेलमा नेपाल फिलिपिन्ससँग २-१ गोल अन्तरले पराजित भएको हो ।

    समूहकै बलियो टोली फिलिपिन्सविरुद्ध नेपाल सुरुवाती अग्रता जोगाउन नसक्दा पराजित भएको हो। खेलको १० औं मिनेटमा विमला चौधरीले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी थिइन्। तर, विमला ३९ औं मिनेटमा चोट बोक्दै मैदानबाट बाहिरिएकी थिइन् ।  विमलाको स्थानमा अनिता बस्नेत मैदान प्रवेश गरेकी थिइन् ।

    images

    पहिलो हाफमा १-० गोलको अग्रता बनाएको नेपालले दोस्रो हाफको खेलको ८९ औं मिनेटमा गोल खाएको थियो । फिलिपिन्सको लागि तहनाइ एन्निसले गोल गर्दै खेल १-१ गोल बराबरीमा ल्याईन् ।

    त्यसपछि खेलको इन्जुरी समयमा विल्सन केमिलीले गोल गर्दै फिलिपिन्सलाई २-१ को जित दिलाईन् ।