बिहीबार , कार्तिक २० गते २०८३
images
images

कोशी र गण्डक ब्यारेजका सबै ढोका खोलियो, सतर्कता अपनाउन अनुरोध

एक्सप्रेस पाना
श्रावण २९, २०८० सोमबार
  • 269
    SHARES
  • कोशी र गण्डक ब्यारेजका सबै ढोका खोलियो, सतर्कता अपनाउन अनुरोध

    काठमाडौं । अत्याधिक बर्षाका कारण सप्तकोशी र गण्डक नहरका सबै ढोका खोलिएका छन् ।

    images

    मोरङ र सप्तरीको सिमामा रहेका कोशी ब्यारेजका सबै ५४ वटा ढोका खोलिएका छन भने गण्डक नहरका सबै ३६ वटा ढोका खोलिएका छन ।

    दुवै नदीले खतराको सुची पार गरे पछि आवाश्यक सतर्कता अपनाउन नदीका तटिय क्षेत्रका बासिन्दालाइ पुर्व सुचना दिइएको छ । 

    images

    गण्डक ब्यारेजमा अहिले २ लाख ७३ हजार ६ सय क्युसेक प्रतिसेकेन्ड पानी बगिरहेको छ भने ११ मिटर पुगेपछि चेतावनीको तह मानिनेमा अहिले ११ दशमलव १५ मिटर पानीको प्रवाह भइरहेको जनाइएको छ ।

    उता, बिगत ३५ बर्षपछि कोशीमा सबैभन्दा बढी पानी बगेको छ । पानीको बहाव अहिले ४ लाख ५२ हजार क्यूसेक प्रतिसेकेण्ड रहेको जनाइएको छ । सन् १९८७ मा ५ लाख २३ हजार ७७१ क्यूसेक प्रतिसेकेण्ड पानीको बहाव पुगेको रेकर्ड गरिएको थियो ।