बिहीबार , कार्तिक २० गते २०८३
images
images

बरामद सुनको तौल ६०.७८९ किलो मात्र

एक्सप्रेस पाना
श्रावण ३०, २०८० मंगलबार
  • 291
    SHARES
  • बरामद सुनको तौल ६०.७८९ किलो मात्र

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भन्सार कार्यालय बाहिरबाट बरामद सुनको तौल करिब ६१ किलोग्राम भएको छ। 

    images

    सोमबार बबरमहलस्थित राष्ट्र बैंकको टक्सार महाशाखामा ब्रेक शुमा राखी प्याक गरिएका बट्टाबाट सुन निकालेर जोखिएको हो।

    राजस्व अनुसन्धान विभागले गत साउन २ गते ब्रेक शुमा राखी ल्याइएको सुन सिनामगंलबाट बरामद गरेको थियो। त्यो सुनको परिमाण यकिन गर्न सोमबार दिउँसो ब्रेक शुबाट निकालेर तौल गरेको हो। यसअघि सो सुनको तौल करिब सय किलो रहेको बताइएको थियो।

    images

    नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, डीआईजी कुवेरसिंह कडायतका अनुसार सोमबार ब्रेक शुबाट झिकेर सुन तौल गर्दा ६० किलो ७८९ ग्राम भएको छ। “आज ब्रेक शुबाट सुन निकालेर तौल गर्दा ६० किलो ७८९ ग्राम भएको छ। एक/दुई दिनमा त्यसलाई गलाएर पुनः तौल गरिन्छ।” त्यसपछि यकिन परिणाम थाहा हुने उनको भनाइ थियो।

    विभागले बरामद गरेको ब्रेक शुसहितको सुनको तौल १५५ किलो रहेको थियो। सुन जोख्ने काम केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), राष्ट्र बैंकका केन्द्रीय प्रतिनिधि र राजस्व अनुसन्धान विभागका प्रतिनिधिको उपस्थितिमा गरिएको थियो।

    टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यका अनुसार छुटाइएको सुन सीआईबी, राजस्व, राष्ट्र बैंक र टक्सार कार्यालयका प्रतिनिधिको रोहबरमा गाल्ने र जोख्ने काम हुनेछ। त्यसपछि सुनको गुणस्तर जाँच गर्ने काम तीन दिनमा सकिने छ। 

    उक्त सुन प्रकरणको सीआईबीले अनुसन्धान गरिरहेको छ।