एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिखले फराकिलो जित निकालेको छ ।
शनिबार राति भएको खेलमा बायर्नले नवप्रवेशी क्लब भिएएफएल बोचुममाथि ७–० गोल अन्तरको जित दर्ता गरेको हो ।
बायर्नको घरेलु मैदानमा भएको खेलमा घरेलु टोलीको जितमा जोसुआ किम्मिचले २ गोल गर्दा लिरोइ साने, रोबर्ट लेवान्डोस्की र इरिक म्याक्सिम चौपो–मोटिङले १/१ गोल गरे । बायर्नले एउटा आत्मघाती गोल उपहारमा पाएको थियो । बोचुमका भासिलिस लाम्प्रोपोलसले आत्मघाती गोल गरेका थिए । बायर्नले पहिलो हाफमा ४ तथा दोस्रो हाफमा ३ गोल गरेको थियो । 
उक्त जितसँगै शीर्ष स्थानको बायर्नले ५ खेलबाट १३ अंक बनाएको छ । यता पराजित बोचुम भने ३ अंकका साथ १७औं स्थानमा छ ।


