शुक्रबार, भाद्र २६ गते २०८३
images

ला लिगा : एथ्लेटिको मड्रिड बराबरीमा रोकियो

एक्सप्रेस पाना
आश्विन ३, २०७८ आइतबार
  • 439
    SHARES
  • ला लिगा : एथ्लेटिको मड्रिड बराबरीमा रोकियो

    एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा साविक विजेता एथ्लेटिको मड्रिड बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा एथ्लेटिकोले एथ्लेटिक बिल्बाओसँग गोलरहित बराबरी खेलेको हो ।

    images

    घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा भएको खेलको निर्धारित समय एथ्लेटिको र बिल्बाओ गोल गर्न नसक्दा अंक बाँड्न बाध्य भएका हुन् । त्यस्तै खेलको ७८औं मिनेटमा भने जाओ फेलिक्सले रातो कार्ड पाएपछि एथ्लेटिको १० खेलाडीमा सीमित बनेको थियो ।

    उक्त बराबरीसँगै शीर्ष स्थानको एथ्लेटिकोले ५ खेलबाट ११ अंक जोडेको छ । यता बिल्बाओ भने ९अंकका साथ चौथो स्थानमा छ । 

    images