बिहीबार , कार्तिक २० गते २०८३
images
images

सन्दीपविरुद्धको मुद्धामा किशोरीकी आमाको नागरिकतासम्बन्धि कागजात उपलब्ध गराउन आदेश

एक्सप्रेस पाना
श्रावण ३२, २०८० बिहीबार
  • 305
    SHARES
  • सन्दीपविरुद्धको मुद्धामा किशोरीकी आमाको नागरिकतासम्बन्धि कागजात उपलब्ध गराउन आदेश

    काठमाडौँ । सन्दीप लामिछानेविरुद्धको मुद्दामा अदालतले पीडित किशोरीको आमाको जन्ममिति सम्बन्धि कागजात उपलब्ध गराउने आदेश दिएको छ। 

    images

    काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाले आमाको नागरिकतासम्बनधी कागजात उपलब्ध गराउन आदेश दिएका हुन्। 

    अदालतमा पेश भएका कागजातमा पिडित किशोरीको आमाको जन्ममिति फरक पाइएपछि न्यायाधीश खतिवडाले जन्ममिति खुल्ने कागजात मगाउने आदेश दिएका हुन्। 

    images

    अब पीडित किशोरीको आमाको नागरिकतासम्बन्धी कागजात प्राप्त भएको एक सातामा पेसी हुने भएको छ।

    सन्दीपविरुद्ध गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा जबरजस्ती करणीको उजुरी परेको थियो । भदौ २३ गते काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेकोमा असोज २० मा सन्दीप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । 

    उनलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि केन्द्रीय कारागार सुनधारामा थुनामा पठाएकोमा पुस २९ गते उच्च अदालत पाटनले २० लाख धरौटीमा सर्तसहित रिहा गर्न आदेश दिएको थियो ।