बिहीबार , कार्तिक २० गते २०८३
images
images

समाजवादी मोर्चाको बैठक बस्दै

एक्सप्रेस पाना
भाद्र ३, २०८० आइतबार
  • 187
    SHARES
  • समाजवादी मोर्चाको बैठक बस्दै

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलकदमीमा गठन भएको समाजवादी मोर्चाको बैठक बस्दैछ । 

    images

    बैठक गठबन्धनमा आबद्ध दल नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय, आलोकनगरमा बस्नेछ ।

    नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार आज साँझ ६ बजेका लागि बैठक बोलाईएको छ । गौर हत्याकाण्डको छानबिन गर्ने सम्झौता सरकारले गरे पछि सो गठबन्धनमा आबद्ध मध्ये जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) प्रधानमन्त्री प्रचण्डसँग सशंकित हुदैँ आएको छ  ।

    images

    साथै, सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पुर्व प्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष माधबकुमार नेपालमाथि छानबिन गर्ने बाटो खोलिदिए पछि गठबन्धन संकटमा परिरहेको बेला मोर्चाको बैठक बस्न लागेको हो । 

    यसअघि तय भएको बैठक बिभिन्न कारणले सर्दै आएको थियो ।